गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ५४३ जनामा संक्रमण पुष्टि

गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा ४६ जना पुरुष तथा ५९ जना महिला गरी १०५ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार ९५७ पुगेको छ।

कास्कीका १०५ सहित म्याग्दीका ४० जना, पर्वतका ८ जना, गोरखाका ५८ जना, लमजुङका ६४ जना तनहुँका १०० जना, बाग्लुङका ७ जना, स्याङ्जाका ६१ जना, मुस्ताङका ८ जना र नवलपुरका ९२ जना गरी प्रदेशका १० जिल्लामा २७५ पुरुष तथा २६८ जना महिलामा कोरोना पुष्टि भएको हो ।

गण्डकीमा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ८३१ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button