गण्डकी खबर । पोखरामा एक बोलेरो जिपमा आगलागी भएको छ ।
पोखरा -२ अर्चलबोटमा ग २च ९३७५ नम्बरको जिपमा आइतबार बिहान ९:४५ बजे आगलागी भएको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुबास हमालले जानकारी दिनुभयो ।
उत्तम पेट्रोल पम्पमा तेल हालेर निस्कने क्रममा दुध बोक्ने जिपमा अचानक आगलागी भएको डिएसपी हमालले बताउनुभयो ।
दमकलको सहयोगमा १० जनाको प्रहरी टोलीले ३० मिनेटमा आगो नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।
आगलागीबाट जिपको अगाडिको भागमा क्षति पुगेको र मानवीय क्षति भने हुन् नपाएको प्रहरीले जनाएको छ ।