गण्डकीसमाचार

हेर्दा हेर्दै सेती नदिले ८ वर्षीया बालिका बगायो, स्थानीयले गरे सकुशल उद्धार

गण्डकी खबर । सेती नदिले बगाएकी एक बालिकालाई त्यहाँका स्थानीयले उद्दार गरेका छन् । शनिबार पोखरा २५ बस्ने ८ वर्षीया अस्मिता मगरलाई नुहाउने क्रममा नदीले बगाएको थियो ।

उनी बाख्रा चराउन जाँदा नुहाउन सेतीमा एक्लै नुहाउन गएकी थिइन् । उनलाई सेतीले बगाएको देखेपछि त्यहाँका स्थानीयले तत्कालै उद्दार गरेका हुन् ।

घाइते भएकी अस्मिता अहिले उनकी आमा फुलमती मगरसँग पश्चिमाञ्चल अस्पतालमा उपचाररत रहेको वडा प्रहरी कार्यालय बगरले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button