गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप २७७ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ६३ जना पुरुष तथा ७२ जना महिला गरी १३५ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ११७ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप २७७ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १३५ सहित म्याग्दीका ४ जना, पर्वतका ८ जना, गाेरखाका १८ जना लमजुङका १७ जना तनहुँका २४ जना, बाग्लुङका ७ जना स्याङ्जाका ३४ जना र नवलपुरका ३० जना गरी प्रदेशका ९ जिल्लामा १४४ पुरुष तथा १३३ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५२ हजार ६९१ पुगेको छ। पछिल्लो २४ घण्टामा ६५५ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ४८ हजार ४२९ पुगेको छ ।

गण्डकीमा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ८९५ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button