गण्डकीसमाचार

स्याङ्जाको अर्जुन चौपारीमा चट्याङ लागेर १५ वर्षीय रोहित गुरुङको मृत्यु

स्याङ्जा, ११ असार । स्याङ्जा, अर्जुन चौपारी गाउँपालिका २ मा शुक्रबार बिहान चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुने सोही ठाँउ बस्ने पूर्ण बहादुर गुरुङको छोरा १५ वर्षीय रोहित गुरुङ रहेका छन् ।

आफ्नै घरभित्र सुतिरहेको अवस्थामा आज बिहान ५:३० बजे परेको चट्याङ लागेर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

प्रहरी अधिकारीसहितको टोली घटनास्थलमा गइ घटनाको विषयमा थप अनुसन्धान गरिहेको प्रहरीले जनाएको छ । श्रोत: कालिगण्डकी खबर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button