गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप २१३ मा कोरोना संक्रमण पुष्टि

गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा ५३ जना पुरुष तथा ५० जना महिला गरी १०३ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १०७ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप २१३ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १०३ सहित म्याग्दीका १३ जना, पर्वतका २० जना, गाेरखाका ६ जना, तनहुँका ५ जना, बाग्लुङका २५ जना स्याङ्जाका ४ जना र नवलपुरका ३७ जना गरी प्रदेशका ८ जिल्लामा ११५ पुरुष तथा ९८ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५३ हजार ९२१ पुगेको छ।

पछिल्लो २४ घण्टामा ३४७ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५० हजार २५८ पुगेको छ ।

गण्डकीमा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button