गण्डकी खबर । पोखराको पहिलो केबलकार निर्माण सम्पन्न भएको छ ।
फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न भएर सञ्चालन गर्न सकिने अवस्थामा पुगेको हो ।
अन्नपूर्ण केबलकार प्रालिले निर्माण गरेको उक्त केबलकार सञ्चालनमा आएपछि फेवाताल, शान्ति स्तूप,
हरियाली वनजङ्गल र माछापुच्छ«े हिमालको सुन्दरता एकैपटक आनन्द लिन सकिनेछ ।
कोरना सङ्क्रमणको हालको अवस्थामा सुधार भएपछि केबलकार परीक्षण गरिने अन्नपूर्ण केबलकारका
सञ्चालकमध्येका एक तीर्थराज त्रिपाठीले बताए ।
गत वर्ष नै निर्माण सम्पन्न गर्ने तयारीमा रहेको केबलकार कोरोना भाइरस सङ्क्रमणका कारण एक वर्ष ढिलो गरी सम्पन्न भएको उनको भनाइ छ ।
त्रिपाठीका अनुसार केबलकारका लागि हाल १८ वटा गुन्डला ९डिब्बा० रहेका छन् भने थप गरेर ३६ वटासम्म पु¥याउन सकिने कम्पनीले जनाएको छ ।
हाल जडान गरिएका १७ वटा डिब्बा यात्रुका लागि र एउटा डिब्बा सामान बोक्नका लागि प्रयोग हुनेछ ।
प्रत्येक डिब्बामा एक पटकमा आठ जनासम्मले यात्रा गर्न सक्छन् ।
फेवाताल किनार सेतीबगरदेखि सराङकोटाको डाँडासम्म करिब आठ मिनेटमै पुग्न सकिनेछध्र एक घण्टामा एक हजार पाँच सय जनाले आउजाउ गर्न सक्नेछन् ।
केही दिनअघि केबलकारको लठ्ठा दुई मिनेट चलाएर परीक्षण गरिसकेको त्रिपाठीले बताए ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ