गण्डकीसमाचार

बजेट पारित भएपछि मन्त्रिपरिषद् विस्तार हुने: गण्डकी प्रदेश

गण्डकी खबर । गण्डकी प्रदेश सरकारमा मन्त्रीहरुको कार्य विभाजनमा सहमति जुटेको छ । गण्डकी प्रदेश सरकारले ल्याएको बजेट पारित भएपछि मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।

गठबन्धनबीच भएको समझदारी अनुसार प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका कुमार खड्काले तत्कालका लागि सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनुहुने भएको छ।

उहाँले अर्थ या भौतिक पूर्वाधारमा दावी गर्दै आउनुभएको थियो ।

यस्तै, माओवादी केन्द्रबाट मन्त्री बन्नुभएका मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ ।

जनता समाजवादी पार्टीका मन्त्री हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पाउने टुंगो लागेको छ ।

यसअघि उहाँले अर्थ मन्त्रालयमा दावी गर्दै आउनुभएको थियो ।

अर्का बिना विभागीय मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ ले साबिककै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने हुनुभएको छ ।

अहिले ६ मन्त्रालय मुख्यमन्त्री पोखरेलसँगै छन्। अर्थ, भौतिक पूर्वाधार, आन्तरिक मामिला तथा कानुन, कृषि, पर्यटन मन्त्रालयमा बजेट पारित पछि नियुक्त गरिने छ ।

असार १ गते आर्थिक मामिलामन्त्री समेत रहेका मुख्यमन्त्री पोखरेलले बजेट ल्याएका थिए।

प्रदेश सभामा बजेट पेश भए पनि पारित हुन सकेको छैन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button