गण्डकीसमाचार

पोखरामा विषालु च्याउ खाँदा आठ जना बिरामी

गण्डकी खबर । पोखरामा विषालु च्याउ खाँदा आठ जना बिरामी भएका छन् ।

हिजो राति पाैने ११ बजे कास्कीको पोखरा महानगरपालिका ३३ पुँडीका एकै घरका छ जना र स्वाँराका एकै घरका दुई जनाले वनबाट ल्याएकाे नाम नखुलेको च्याउ खाएका थिए ।

च्याउ खाएपछि उनीहरु सबै बिरामी भइ बोहोस भएकाे प्रहरीले जनाएकाे छ ।

बिरामी भएका सबै जनालाई पोखरा स्थित पश्चिमाञ्चल अस्पतालमा लगिएको थियो ।

उनीहरुले सोही ठाँउको धारापानी सामुदायिक वनबाट नाम नखुलेको च्याउ ल्याएर खाएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

सबै बिरामीहरुको अवस्था मध्यम रहेको र घटना बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button