गण्डकीसमाचार

पोखरामा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घाइते

गण्डकी खबर । पोखरामा आज बिहान मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घाइते भएका छन् ।

आज बिहान सवा ११ बजे कास्कीको पोखरा महानगरपालिका २५ हेम्जामा ग १८ प ७६१८ को स्कुटरलाई

ग १० प ६१८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट स्कुटर चालक पोखरा ५ मालेपाटनका २० वर्षीय ईश्वर प्रसाद गौतम घाइते

भएको र उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरामा पठाइएको छ । उहाँको अवस्था मध्यम रहेको बताइएको छ ।

प्रहरीले घटनास्थलबाट दुबै सवारी साधन नियन्त्रणमा लिइ थप अनुसन्धान गरीरहेको गण्डकी प्रदेश

प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक श्रवण कुमार बि.क.ले जानकारी दिनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button