गण्डकीसमाचार

पोखरा महानगरका विभिन्न ठाउँहरूमा विद्युत् अवरुद्ध हुने

गण्डकी खबर । पोखरासहित कास्कीका विभिन्न ठाउँहरूमा हावापानीसँगै आएको चट्याङका कारण ट्रान्सफर्मर जलेपछि विद्युत् सेवा अवरुद्ध भएको छ ।

जलेका ट्रान्सफर्मर मर्मत नगरिन्जेल ती ठाउँमा विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रले जानकारी दिएको छ ।

कास्कीको अन्नपूर्ण -१ अधिकारी डाँडामा रहेको १०० केभिए, पोखरा-२१ गिरि गाउँमा रहेको २५ केभिए,

पोखरा-३३ गैरी गाउँमा रहेको ५० केभिए र पोखरा-२२ चिसापानीमा रहेको २५ केभिएको ट्रान्सफर्मरहरू जलेको हुँदा सो अन्तर्गत क्षेत्रहरूमा लाइन अवरुद्ध रहेको छ ।

असहज बाटोको कारण आज ढुवानी गर्न गाह्रो भएको हुँदा ती ट्रान्सफर्मर बदली गर्न सम्भव नभएको केन्द्रले जनाएको छ ।

ट्रान्सफर्मर बदली कार्य सम्पन्न भए पश्चात् मात्र लाइन सुचारु गरिने पनि प्राधिकरणको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button