गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ४२६ जनामा संक्रमण पुष्टि

गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा ४१ जना पुरुष तथा ४२ जना महिला गरी ८३ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार २९६ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप

४२६ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ८३ सहित म्याग्दीका ४२ जना, पर्वतका ६० जना, गाेरखाका २५ जना, लमजुङका ३४ जना

तनहुँका ९४ जना, बाग्लुङका १८ जना स्याङ्जाका ३२ जना र नवलपुरका ३८ जना गरी प्रदेशका ९

जिल्लामा २१५ पुरुष तथा २११ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५५ हजार ७५० पुगेको छ। पछिल्लो २४

घण्टामा १८५ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ९१५ पुगेको छ ।

गण्डकीमा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका

कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ९४८ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button