गण्डकीसमाचार

राससलाई बलियो बनाउन हाम्रो साथ रहन्छः गण्डकी प्रदेश प्रमुख पौडेल

गण्डकी खबर । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलसँग राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारी र महाप्रबन्धक सिद्धराज राईले आज भेटघाट गरेका छन् ।

प्रदेश प्रमुखको सरकारी निवासमा भएको भेटघाटमा जनता र राष्ट्रलाई जोड्ने माध्यमका रुपमा राससले गरेको सेवा प्रवाहलगायत विषयमा छलफल भएको थियो।

भेटघाटमा प्रदेश प्रमुख पौडेलले प्रत्येक सञ्चारमाध्यमले सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै

पछिल्ला समयमा सामाजिक सञ्जालको अत्यधिक दुरुपयोग बढ्दै गएकामा चिन्ता व्यक्त गरिन् ।

राससलाई बलियो बनाउन आफ्नातर्फबाट साथ र सहयोग रहने विश्वास पनि उनले दिलाइन्।

राससका अध्यक्ष श्यामलले देशका ७७ वटै जिल्लामा राससको उपस्थिति रहेको जानकारी दिँदै यसले

राज्यको आवाज जनतासँग र जनताको आवाज राज्यसँग पुर्याउने काम गरिरहेको बताए ।

सरकारका सत्यतथ्य समाचार सम्प्रेषणका लागि राससको अधिकतम उपयोग गर्नाका साथै स्रोतसाधन

सम्पन्न बनाउन प्रदेश सरकारको महत्वपूर्ण भूमिका हुनेमा उनको जोड थियो।

राससका महाप्रबन्धक राईले पोखरास्थित रासस गण्डकी प्रदेश कार्यालयको भवन जीर्ण भएका कारण यसलाई भत्काएर नयाँ बनाउने तयारीमा लागिएको जानकारी दिए ।

रासस सेवाको गुणस्तरीयता अभिवृद्धि गर्दै प्रभावकारी सेवा प्रवाह गर्नेतर्फ आफूहरू लागेको उनको भनाइ थियो।

भेटघाटमा रासस गण्डकी प्रदेश कार्यालय प्रमुख वासुदेव पौडेल, सहायक समाचारदाता हरिप्रसाद बाँस्तोला, प्रदेश प्रमुखको सचिवालयका मुकुन्द दाहाललगायतको उपस्थिति थियो । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button