गण्डकीसमाचार

गण्डकी प्रदेशमा ‘एक व्यक्ति दुई खोप’ अभियान

पोखरा १८ असार (रासस) : गण्डकी प्रदेश सामाजिक विकासमन्त्रालयले प्रदेशमा ‘एक व्यक्ति दुई खोप’ अभियान सञ्चालन गर्ने भएको छ ।

यसका लागि मन्त्रालयले कोरोना विरुद्धका खोप खरिदका लागि सङ्घीय सरकारसँग समन्वय गर्ने जनाएको छ ।

सामाजिक विकास मन्त्री कुमार खड्काले जिल्ला समन्वय समिति कास्कीद्धारा आज आयोजित

कार्यपालिका पदाधिकारीको क्षमता अभिबृद्धिका लागि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै

सरकारले एक व्यक्ति दुई खोप अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।

जनताको प्रत्यक्ष सेवामा खटिने जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने र सङ्घ र स्थानीय सरकारका बीच प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गर्दे आएको उहाँकोे भनाई छ ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले अभिमुखीकरण कार्यक्रमले

विकास निर्माणका कामको अनुगमनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्राध्यापक डा भरतराज पहारीले गुणस्तरीय स्थानीय पूर्वाधार र अर्थपूर्ण अनुगमन विषयमा

सहजीकरण गर्दै मुठीभर मानिसको हितका लागि मात्र गरिने कामलाई विकास मान्न नसकिने बताउनुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले विकास र सुशासन विषयमा कार्यपत्र प्रस्तुत गर्दै

गुणस्तरीय एवम् दीगो विकास अहिलेको मुख्य आवश्यकता भएकोमा जोड दिनुभयो ।

सुशासन तथा कानून विज्ञ वीरेन्द्र पराजुलीले कार्यपालिका सदस्यको काम कर्तव्य र अधिकारबारे

जानकारी गराउँदै स्थानीय सरकार सञ्चालन ऐनका आधारमा जनप्रतिनिधिहरुले काम गरेमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

समाजशास्त्रका प्राध्यापक अञ्चला चौधरीले समाजशास्त्रीय दृष्टिकोणमा विकासको अवधारणाबारे चर्चा

गर्दै विकास समय सान्दर्भिक हुनुपर्ने धारणा राख्नुभयो ।

कास्की लगायत छिमेकी जिल्लाका कार्यपालिका सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा समन्वय

उपप्रमुख सावित्रा भण्डारी, जिल्ला समन्वय अधिकारी नवराज बराल लगायतले प्रभावकारी अनुगमन र गुणस्तरीय विकास निर्माणको आवश्यकता माथि जोड दिनुभएको थियो ।

यो पनि – निगमको वाइड बडी जहाजले चिनियाँ खोप ल्याउने

काठमाडौँ, १८ असार (रासस) : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको राजधानी बेइजिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने भएको छ ।

सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते (जुलाई ८ तारिख) वाइड बडी ए३३० जहाज पठाउने तयारी गरिएको निगमले जनाएको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडलले चीनबाट खोप ल्याउनका लागि वाइड बडी जहाज बेइजिङ पठाउने तयारी गरिएको बताउनुभयो ।

खोप लिएर निगमको जहाज भोलिपल्ट काठमाडौँ फर्किनेछ ।

महाप्रबन्धक पौडेलले भन्नुभयो, “चीनबाट खोप ल्याउन निगमलाई सरकारको निर्देशन भएबमोजिम

तयारी गरिएको छ, खोपको मात्रा तथा उक्त खोप अनुदानको हो या खरिदको भन्ने अहिले खुलिसकेको

छैन हामीले आफ्नो तयारी थालिसकेका छौँ ।” बुझिएअनुसार पहिलो उडानमा १० लाख मात्रा खोप

ल्याउने गरी तयारीमा रहन निगमलाई निर्देशन दिइएको छ ।

यो पनि – कोरोना सङ्क्रमितको मृत्युदर शून्यमा झ¥यो

काभ्रेपलाञ्चोक, १८ असार । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता करिब तीन महिनाको अवधिमा काभ्रेपलाञ्चोकमा १२० सङ्क्रमितको मृत्यु भयो ।

यही अवधिमा जिल्लामा करिब आठ हजारमा कोरोना सङ्क्रमण देखिएको एक तथ्याङ्कले देखाएको छ ।

विगत चार दिनदेखि जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्युको घटना भएको छैन ।

असार महिना लागेपछि नगन्य मात्रामा कोरोना सङ्क्रमणबाट मृत्युको घटना भएका छन् ।

पछिल्ला केही हप्तादेखि कोरोना सङ्क्रमण घट्दै जानु र सङ्क्रमितलाई स्वास्थ्य संस्थाबाट पर्याप्त

स्वास्थ्योपचार पाउनुले मृत्युको सङ्ख्या शून्यतामा झरेको बताइन्छ ।

दैनिक सङ्क्रमणको सङ्ख्या पनि ४० को हाराहारीमा छ भने सङ्क्रमणमुक्त हुनेको सङ्ख्या करिब

१०० हुने गरेको कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)को दैनिक तथ्याङ्कमा उल्लेख छ ।

गत वर्ष भने कोरोना सङ्क्रमणबाट जिल्लाका ४५ को मृत्यु भएको थियो । कोरोना सङ्क्रमणबाट हालसम्म काभ्रेपलाञ्चोकका १६५ को मृत्यु भएको छ ।

केन्द्रका अनुसार जिल्लास्थित अस्पतालमा भने विभिन्न जिल्लाका उपचारार्थ ६५ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म जिल्लाका ११ हजार ६४ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

यसमध्ये तीन हजार गत वर्षका सङ्क्रमित हुन् भने करिब आठ हजार कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयताका हुन् ।

गत वर्षभन्दा बितेका तीन महिनामा अढाई बढी सङ्ख्यामा कोरोना सङ्क्रमितको मृत्यु भएको हो भने ७० प्रतिशत सङ्क्रमित वृद्धि भएका हुन् ।

तथ्याङ्कअनुसार हालसम्मका कूल सङ्क्रमितमध्ये ९५ प्रतिशत अर्थात् १० हजार ५०६ सङक्रमणमुक्त भइसकेका छन् ।

पहिलोपटक विसं २०७७ जेठ १ गते काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचारार्थ सिन्धुपाल्चोकको

बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको थियो ।

कोरोनाबाट मृत्यु भएकी ती महिला नेपालमा पहिलो घटना हो ।

कोरोनाको दोस्रो लहरमा द्रुतगतिमा सङ्क्रमण जिल्लास्थित समुदायमा फैलिएका कारण धेरै सङ्ख्यामा सङ्क्रमण र मृत्यु भएको केन्द्रले जनायो ।

“सङ्क्रमितको हेलचेक्रयाइँ र अन्तिम अवस्थामा मात्रै अस्पताल आउने गर्दा पनि केही मृत्युदर बढेको

हो”, केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले भन्नुभयो । उहाँका

अनुसार यसपालिको सङ्क्रमणदरको गति विश्लेषण गर्न नसक्दा र ‘कन्ट्याक्ट टे«ेसिङ’मा ढिलाइ हुँदा सङ्क्रमण बढेको अनुमान गरिएको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।

कोरोना सङ्क्रमणदर बढ्दै गएपछि जेठको विभिन्न मितिमा आठ स्थानीय तहले आफ्नो क्षेत्र शिलसमेत गर्नुपरेको थियो ।

पछिल्ला केही दिनदेखि सङ्क्रमणदर घट्दै गएपछि जिल्लाभर हाल काभ्रेपलाञ्चोक प्रशासनको

जोरबिजोर यातायात सञ्चालनसँगै ‘खुकुलो निषेधाज्ञा’ मात्रै लागू भएको छ ।

यसैबीच काभे्रपलाञ्चोकमा हाल ३९३ सक्रिय सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा १०७, धुलिखेलमा

५६, पनौतीमा ५१, पाँचखालमा ४९, नमोबुद्धमा १७, मण्डनदेउपुरमा ११ तथा रोशी गाउँपालिकामा ७,

चौँरीदेउरालीमा ११, तेमालमा ६, भुम्लु २०, खानीखोलामा २०, बेथानचोकमा २४ र महाभारत गाउँपालिकामा १४ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button