गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्कीमा २९ जना पुरुष तथा २८ जना महिला गरी ५७ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ३ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप
१७३जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।
कास्कीका ५७ सहित म्याग्दीका १८ जना, पर्वतका ३ जना, गाेरखाका ५ जना, लमजुङका १ जना तनहुँका
२१ जना, बाग्लुङका ४ जना स्याङ्जाका १९ जना र नवलपुरका ४५ जना गरी प्रदेशका ९ जिल्लामा ९३ पुरुष तथा ८० जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५६ हजार ७५०पुगेको छ। पछिल्लो २४ घण्टामा
२७७ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५२ हजार ६५४ पुगेको छ ।
गण्डकीमा थप १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका
कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ९५९ पुगेको छ।