गण्डकीसमाचार

सरकारको पहिलो प्राथमिकता स्वास्थ्य: मुख्यमन्त्री पोखरेल

गण्डकी खबर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल)ले प्रदेश सरकारको पहिलो प्राथमिकता जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउनु भएको बताउनुभएको छ ।

मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा रोगका कारण कोही पनि मर्न नपर्ने अवस्था सिर्जना गर्ने बताउनुभएको छ ।

आँधीखोला गाउँपालिका–५ सेतीदोभानमा आँधीखोला सामुदायिक अस्पतालको शिलान्यास गर्दै

मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएपछि महिलाको स्तन क्यान्सर, पाठेघरको क्यान्सरको निःशुल्क उपचार गर्ने प्रदेश सरकारले निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँले महामारीको रूपमा फैलिएको कोरोनाले ठूलो क्षति पु¥याएको बताउँदै प्रदेश सरकारले चाडोभन्दा चाडो निःशुल्क खोप दिनेसमेत बताउनुभयो ।

प्रदेश सरकारले कोरोनाबाट मृत्यु भएका परिवारलाई राहतका साथै ६५ वर्षभन्दा माथिका जेष्ठ

नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।

मिर्गौला, क्यान्सर र मुटुरोगीको जिल्लामै उपचार गर्नेगरी २५ देखि ५० शैय्याको अस्पताल बनाउने तयारी

प्रदेश सरकारले गरेको बताउँदै मुख्यमन्त्री पोखरेलले भीरकोट अस्पतालाई ट्रमा सेन्टर बनाउन बजेट विनियोजन गरेको बताउनुभयो । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button