गण्डकीसमाचार

स्याङ्जामा मोटरसाइकल सडकबाट खस्दा युवकको मृत्यु

गण्डकी खबर । आँफैले चलाएको मोटर साइकल अनियन्त्रित भइ सडकबाट तल खस्दा हिजो बेलुका स्याङ्जामा एक युवकको मृत्यु भएको छ ।

चापाकोट नगरपालिका १ का २७ वर्षीय राजु गैरेको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु २० प ३९० नम्बरको मोटरसाइकल चलाएर राति १० बजेको समयमा गैरीथरको भित्रिसडक खण्डमा

चौघेरातर्फ जाँदै गरेका गैरेको सो मोटरसाइकल अनियन्त्रित भइ सडकबाट २० मिटर तल खसेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक श्रवण कुमार बिकले जानकारी दिनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button