गण्डकी खबर । गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।
तनहुँ जिल्लाकाे शुक्लागण्डकी नगरपालिका ४ का ६० वर्षीय कोरोना संक्रमित पुरुष र पर्वत जिल्लाकाे बिहादी गाँउपालिका ३ का ८२ वर्षीय पुरुषकाे पाेखरामा उपचारकाे क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
उहाँहरु दुबै जनाकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा उपचारकाे क्रममा आज मृत्यु भएकाे निर्देशनालयले जानकारी दिएकाे छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९६१ पुगेको छ ।
विवरण यस्ताे छः