गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्कीमा ८० जना पुरुष तथा ८२ जना महिला गरी १६२ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ८९ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ३३८ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।
कास्कीका १६२ सहित मुस्ताङका १ जना, म्याग्दीका १३ जना, पर्वतका १९ जना, गाेरखाका ३० जना,
लमजुङका ३ जना, तनहुँका १५ जना, बाग्लुङका २५ जना, स्याङ्जाका ५३ जना र नवलपुरका १७ जना
गरी प्रदेशका १० जिल्लामा १६१ पुरुष तथा १७७ जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५०६ पुगेको छ।
पछिल्लो २४ घण्टामा ३६६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ७३० पुगेको छ ।
गण्डकीमा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २५ पुगेको छ।