गण्डकीसमाचार

मेयर जिसीलाई उपचारका लागि प्रकोप व्यवस्थापन कोषबाट १० लाख खर्च गरिने

गण्डकी खबर । पोखरा महानगरको कार्यपालिका बैठकले महानगर प्रमुख मानबहादुर जिसीको उपचारका लागि दश लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

महानगरका कार्यवाहक प्रमुख मञ्जु देवी गुरुङको अध्यक्षतामा मंगलबार बिहान सम्पन्न बैठकले

अकस्मात् मस्तिष्कघात भई उपचाररत जिसीको तत्काल उपचार खर्च व्यवस्थापनका लागि प्रकोप

व्यवस्थापन कोषबाट रु. १० (दश) लाख खर्च लेख्ने निर्णय भएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिनुभयो ।

बैठकले काठमाण्डौको न्युरो अस्पतालमा उपचाररत जिसीको शीघ्र स्वास्थ्य लाभको कामना गदै

महानगरका सम्पूर्ण वडा कार्यालयहरूमा स्वास्थ्य लाभको पुस्तिका राख्ने निर्णय समेत गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button