गण्डकीसमाचार

घरेलु रक्सी सेवन गर्दा गम्भीर बिरामी परेका दुई जनालाई गण्डकी अस्पताल पोखरा पठाइयो

गण्डकी खबर । गलकोट नगरपालिकामा घरेलु र’क्सी सेवन गरी गम्भीर बिरामी परेका दुई जनालाई पोखरा पठाइएको छ ।

धौलागिरि अस्पतालमा उपचाररत रहेका रोल्पा सुनिल स्मृति गाउँपालिका–५ गजुलका ३८ वर्षीय

खेमराज घर्ती र २६ वर्षीय रविन पुनलाई थप उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल पोखरा

पठाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिनुभयो ।

दुवैको मिर्गाैलामा असर पु¥याएको जनाइएको छ । नगरपालिकामा मजदुरी गर्दै आएका चारजना

मजदूरको भने आज बिहान म’दिरा सेवन गरेका कारण ज्यान गएको थियो । उनीहरुको चार जनाको

धौलागिरि अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । रोल्पा सुनिल स्मृति गाउँपालिका–५ का २१

वर्षीय दीपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय

प्रवीन घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

प्रहरीले मदिरा पसल सञ्चालक तथा पसलका खाद्य सामग्री नियन्त्रणमा लिएको छ ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button