गण्डकीसमाचार

पोखराको चिप्लेढुङ्गास्थित बिपीको शालिकमा माल्यार्पण र दीप प्रज्वलन गरि बिपी स्मृति दिवस मनाईयो

गण्डकी खबर । उनान्तीसौँ बिपी स्मृति दिवसका अवसरमा हिजो पोखराको चिप्लेढुङ्गास्थित बिपीको शालिकमा माल्यार्पण र दीप प्रज्वलन गरिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकासमन्त्री कुमार खड्का, नेता

शुक्रराज शर्मा, गण्डकी प्रदेशसभा सदस्य बिन्दु थापा, नेता सोभियतबहादुर अधिकारी लगायतले शालिकमा माल्यार्पण गर्नुभयो ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले बिपीको विचार र सिद्धान्तलाई सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले बिपी विचारले सदैव विजय हासिल गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा जिल्ला सदस्य एवं पूर्वसचिव रामराज लामिछाने, प्रवक्ता नवीन सिग्देल लगायतले बिपीले देखाएको बाटो अहिले पनि उत्तिकै अनुकरणीय भएको बताउनुभयो । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button