गण्डकीसमाचार

१० वर्षे जनयुद्धमा बेपत्ता अर्याल १७ वर्षपछि घर फर्किए

गण्डकी खबर । एक पुरुष बेपत्ता भएको १७ वर्षमा घर आएका छन् । नेपालमा चलेको १० वर्षे

जनयुद्धमा बेपत्ता भएका वालिङ नगरपालिका– ६ लालुपातेका ५५ वर्षीय गोपालप्रसाद अर्याल घर फर्किएका हुन्।

जनयुद्धका समयमा त्रासका कारण २०५९ असार १ गते घरबाट हिडेका अर्याललाई दाङको लमहीमा

भएको भन्ने परिवारले थाहा पाएपछि घर फिर्ता ल्याएको पत्नी बलीकुमारी अर्यालले बताईन् ।

“यहीँको विद्यालयबाट भ्रमणमा गएका विद्यार्थी तथा शिक्षकले देखेपछि हामीलाई सुनाए”, पत्नी

बलीकुमारीले भनिन्, “उनीहरुले भनेको ठाउँमा गएर हेर्दा त होइछ, अनि फर्काएर लिएर आएका हौं ।”

घरको मुली मान्छे अभिभावक नै बेपत्ता भएपछि चार जनाको परिवार पीडामा र सधैँ त्रासमा रहेको उनले सुनाए।

दश वर्षे द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिको उजूरी आयोगमा परेपछि छानबिन आयोगले पीडित

परिवारलाई भेट्ने क्रममा अर्याललाई घरमै परिवारसँग फेला पारेको थियो ।

त्यस्तै उता स्याङ्जाको पुतलीबजार नगरपालिका– २ का ५१ वर्षीय टुकबहादुर पौडेलको पनि उजूरी

आयोगमा परेकामा उनी पनि परिवारसँगै रहेको पाइएको थियो ।

पौडेल २०५८ सालपछि बेपत्ता भएका र करीब १३ वर्ष घर नआएपछि परिवारका व्यक्तिले बेपत्ता भएको भनी आयोगमा उजूरी दिएका थिए ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button