गण्डकीसमाचार

पोखरा १७ बिरौटामा ढोकाको चुकुल फोरेर दुई पसलबाट ३ लाख बढीको रक्सी तथा नगद चोरी

गण्डकी खबर । पोखरामा गए राति दुई पसलमा चोरी भएको छ ।पोखरा महानगरपालिका १७ बिरौटा

स्थित सूर्योदय पार्टी प्यालेस र ग्यालेक्सी पार्टी प्यालेस नजिकैका एक/एक पसलमा मध्यरातमा चोरी भएको हो ।

सूर्योदय पार्टी प्यालेस नजिकै रहेको एस एण्ड आर स्टोर्सको पछाडि तर्फको ढोकाको चुकुल फोरेर

करिब १५ हजार नगद र तिन बटा टासीमा रहेका महँगा ब्रान्डेड रक्सी चोरी भएको सञ्चालक रामचन्द्र सुवेदीले जानकारी दिनुभयो ।

चोरले नगद रकमको साथमा अन्दाजी ५०/६० हजार बराबरको रक्सी चोरी गरेको उहाँले बताउनुभयो ।

बिहीबार बिहान पसल चोरी भएको थाहा भएसँगै प्रहरीलाई खबर गरी पसल नजिकै रहेको पार्टी

प्यालेसको सिसिटिभी फुटेजमा हेर्दा तिन जनाको समूहले चोरी गर्दै गरेको देखिएको सञ्चालक सुवेदीले बताउनुभयो ।

त्यस्तै पोखरा १७ बिरौटाको ग्यालेक्सी पार्टी प्यालेस नजिकै रहेको अकला मदिरा सप्लायर्सबाट पाँच

हजार नगद र चार वटा र्याग र ७/८ वटा कार्टुनबाट ब्रान्डेड रक्सीहरू चोरी भएको सञ्चालक डोल राज पराजुलीले जानकारी दिनुभयो ।

पराजुलीका अनुसार सप्लायर्सबाट चोरले करिब २ लाख ५० हजार बराबरको रक्सी लगेका छन् ।

गए राति १२:१५ मिनेटको समयमा पसलमा दुई जना युवा प्रवेश गरेर दुई घण्टाको समयमा उक्त सामान

चोरी गरेको दृश्य ग्यालेक्सी पार्टी प्यालेसको सिसिटिभी फुटेजमा देखिएको पराजुलीले बताउनुभयो ।

पसल चोरीको विषयमा प्राप्त सिसिटिभी फुटेजमा आधारित भएर अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button