गण्डकीसमाचार

पोखराको पुम्दीकोटमा महादेवको मूर्ति स्थापना

गण्डकी खबर । कोरोनाका कारण देशका अधिकांश आयोजनासँगै विकास निर्माणमा पनि असर

परेको अवस्थामा पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोटमा जनस्तरबाट विशाल महादेवको मूर्ति निर्माण गरिएको छ ।

गन्तव्य सूचीमा सूचीकृत धार्मिक एवं ऐतिहासिकस्थल पुम्दीकोटमा यतिखेर ५१ फिट उचाइको

महादेवको मूर्ति स्थापना गरिएसँगै सो स्थानमा आन्तरिक पर्यटक पुग्ने क्रमले गति लिएको छ ।

पछिल्ला दिनमा निषेधाज्ञा खुकुलो बन्दै गएपछि आन्तरिक पर्यटकको चाप बढ्न थालेकाले आगामी दिन

यो स्थल यस क्षेत्रको महत्वपूर्ण गन्तव्यस्थल बन्ने पोखरा महानगरपालिका–२२ का वडासदस्य मातृका बरालले बताउनुभयो ।

“कोरोनाको डर हुँदा पनि सबैको साथ र सहयोगमा निर्माण कार्यले निरन्तरता पाउँदा महादेवको मूर्ति

राख्न सम्भव भएको छ”, उहाँले भन्नुभयो, “मूर्ति स्थापना गरिए पनि लक्ष्यअनुसारका सबै काम सम्पन्न गर्न अझै केही समय लाग्नेछ ।

पुम्दीकोट कोट विकास समितिको सक्रियतामा रु ४० करोडको लागतमा मूर्ति स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

समितिले १०५ फिटको उठेको स्वरुपको महादेवको मूर्ति राख्ने लक्ष्य लिएकामा नागरिक उड्डयन

प्राधिकरणको सल्लाहमा बसेको स्वरुपको ५१ फिट उचाइको मूर्ति जडान गरिएकोे हो ।

समितिका अध्यक्ष एवं निर्माण समितिका संयोजक चन्द्रकान्त बरालका अनुसार पुम्दीकोटका प्रचुर

पर्यटकीय सम्भावनालाई दृष्टिगत गर्दै विशाल महादेवको मूर्ति निर्माणका लागि अभियान थालिएको थियो ।

पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको पुम्दीकोटबाट पोखरा उपत्यकासहित हिमाली शृङ्खला अवलोकन गर्न सकिन्छ ।

पुम्दीकोटका पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ विसं २०७३ फागुनमा महाशिवपुराण

लगाउँदा रु छ करोड १८ लाखसहित दानस्वरुप २० रोपनी जग्गा प्राप्त भएको थियो ।

समितिले बृहत् गुरुयोजना तयार गर्दै त्यसअनुरुप काम अघि बढाएको थियो । लक्षित योजनाअनुसार

कोरोना कहरबीच पनि कामले गति लिएको बताउँदै संयोजक बरालले यसबीचमा महादेवको मूर्ति स्थापना गरिएको जानकारी दिनुभयो ।

मूर्ति स्थापनाका साथै प्रशासनिक भवन र गुरु महाराज आश्रम पनि निर्माण भइसकेका छन् ।

समितिले गुरुयोजनाअनुसार आगामी दिन शान्ति आश्रम, सुमेरु पर्वत, ज्येष्ठ नागरिक मिलन केन्द्र, हरियाली बगैँचा निर्माण गर्ने लक्ष्य लिएको छ ।

त्यस्तै शिवलीला, वन्यजन्तुको जीवनचक्र देखाउने प्रोजेक्टर आदि पनि निर्माण गरिने जनाइएको छ ।

त्यस्तै मूर्ति परिसरमा गणेश, मनोरेल, १०८ धारा, पाँच फिट अग्लो शिवलिङ्ग स्थापना गरिने संयोजक बरालले जानकारी दिनुभयो ।

“कोरोनाका बाबजुद पनि सजगता अपनाइ दैनिक २०–२५ जनाले निरन्तर काम गरेका कारण मूर्ति राख्न सम्भव भएको हो”,

उहाँले भन्नुभयो, “असार र साउन महिनामा भने लगातारको वर्षाका कारण काम रोक्नुपरेको थियो ।”

गुरुयोजनाअनुसार सबै काम सम्पन्न गर्न रु ४० करोड लाग्ने अनुमान गरिएकामा उक्त लागत बढ्ने देखिएको छ ।

हालसम्मका काम सम्पन्न गर्न लगभग रु २० करोड खर्च भइसकेको संयोजक बरालले जानकारी दिनुभयो ।

फेवाताल सहितको पोखराबजार, अन्नपूर्ण, माछापुच्छ«ेलगायत हिमशृङ्खला एकसाथ देख्न सकिने

पुम्दीकोटमा महादेवको मूर्ति स्थापना गरिएसँगै बजारका विभिन्न स्थानबाट माछापुच्छ्रेको काखैमा

महादेव ध्यानमग्न भएजस्तो देखिएको समितिका सहसचिव प्रकाश बरालको चचा थियोे ।

कोरोनाका कारण आगामी दिनमा निषेधाज्ञा गर्न नपरे असोज महिनामा पहिलो चरणको काम सम्पन्न गरी उद्घाटन कार्यक्रम गर्ने सोचमा रहेको उहाँको भनाइ थियो । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button