गण्डकीसमाचार

गण्डकी प्रदेशमा माओवादी केन्द्र बाट ३ मन्त्रीको टुङ्गो

गण्डकी खबर । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रको तर्फबाट थप तीन जना मन्त्रीको टुङ्गो लागेको छ।

नेपाली काँग्रेस र माओवादी केन्द्रको बिहीबारको संयुक्त बैठकपछि तिन मन्त्रालय सम्हाल्ने गरी

माओवादी केन्द्रको तर्फबाट सरकारमा जाने सांसदको टुङ्गो लागेको सांसद दीपक कोइरालाले जानकारी दिनुभयो ।

सांसद कोइरालाका अनुसार रामजी बरालले अर्थ, चन्द्रबहादुर बुढाले कृषि र दीपक चर्तीले वन तथा वातावरणमा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

थप तीनैजना मन्त्रीको शपथ कार्यक्रम शुक्रबार दिउँसो १ बजेका लागि तय भएको छ ।

माओवादी केन्द्रको तर्फबाट सरकारमा यसअघि नै सांसद मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री हुनुभएको छ ।

सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले भौतिक पूर्वाधार सहित सामाजिक, पर्यटन र प्रदेश मामिला मन्त्रालय पाएको भएपनि मन्त्रीको नाम अझै टुंग्याएको छैन ।

कुमार खड्का भने यसअघि नै सामाजिक विकास मन्त्री बन्नुभएको हो ।

प्रदेशमा यस अघि नै जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्य उर्जा, जलश्रोत तथा खानेपानी

मन्त्री तथा स्वतन्त्र सांसद राजीव गुरुङ युवा तथा खेलकुद मन्त्री बनिसक्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button