गण्डकीसमाचार

अर्थमन्त्री बरालद्वारा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई एक करोड बजेट विनियोजन

गण्डकी खबर । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले कोभिड १९ (कोरोना) सँग

सामना गर्न अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीको प्रोत्साहन स्वरूप एक करोड विनियोजन गर्नुभएको छ ।

शुक्रबार अर्थ मन्त्रालयको कार्यभार सम्हालेसङै प्रदेशका नवनियुक्त अर्थमन्त्री बरालले विश्वव्यापी

रूपमा फैलिएको कोरोनाको रोकथाम तथा नियन्त्रणमा अहोरात्र खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र

सफाइकर्मीको प्रोत्साहन स्वरूप एक करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गर्नुभएको हो।

पदभार ग्रहण पश्चात अर्थ मन्त्रालयका कर्मचारीलाई निर्देशन दिंदै मन्त्री बरालले खुबी, क्षमता, दक्षता र

सृजनशीलताको आवश्यकता अनुरूप कार्यान्वयन गर्न र समयमै काम सम्पन्न गर्ने दायित्व वहन गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री बरालले विना हिचकिचाहट ढुक्क भएर आवश्यकताको आधारमा योजना कार्यान्वयन गर्न कुनै प्रकारको कठिनाइ र हस्तक्षेप नहुने स्पष्ट पार्नुभयो ।

अर्थका श्रोतहरूमा ध्यान केन्द्रित गर्ने गरी पुँजीगत खर्चलाई अधिकतम ढङ्गले परिचालन गर्ने आफ्नो योजना रहेको मन्त्री बरालको भनाई छ ।

पुँजीगत खर्च गर्न नसकेको हालको अवस्थामा आवश्यकताको आधारमा रकमान्तर गरेर भए पनि बजेट खर्च गर्ने गरिने उहाँको भनाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button