गण्डकीसमाचार

बाँदर पनि नहिड्ने भिरमा कालोपत्रे सडक बन्दै

अर्जुन काफ्ले स्याङ्जा, विगतमा बादर पनि नहिड्ने फेदिखोला गाउँपालिका ४ गलेम सडक खण्ड कालोपत्रे हुन थालेको छ ।

फेदिखोला १ सर्केटारी हुदै गलेम जानको लागि स्थानिय तह बने सगै कच्चि सडक खनेर कालोपत्रसमेत अगाडी बढेको हो ।

सर्केटारी –सडकखण्डको सर्केटारी गलेम आठ किलोमिटरमा कालोपत्रे बनाउने काम तिब्र रुपमा अगाडी बढेको हो ।

मुख्य गरेर सर्केटारीबाट आरुखर्कसम्म कच्चीबाटो खनिए पनि बादर समेत हिड्न नसक्ने गलेम खण्ड

भने स्थानिय तह निर्माण सगै स्थानिय, गाउँपालिका र सांसद बिकास कोषको सहयोगमा खनिएको हो ।

सकेर् टारी गलेम पञ्चासे  सडकखण्डको भिरखण्ड ०६८ सालबाट खन्न थालिएपनि स्थानिय तह बने सगै बाटो निर्माणले सार्थकता पाएको हो ।

भिरखण्डको दुईहजार छ सय मिटर स्थानिय तह निर्माण पश्चात एक करोड ५६ लाख ६३ हजारमा फोरिएको हो ।

स्थायिन तहको सक्रियता भिरखण्ड फोरिसगै सर्केटारीबाट कालोपत्रे पक्रिया अगाडी बढेको गाउँपालिका अध्यक्ष घनश्याम सुबेदीले बताउनुभयो ।

सर्केटारीबाट साढे छ किलोमिटरको यात्रा पश्चात गलेम पुग्न सकिनेमा थप १३ किलोमिटरमा पंचासे पुग्न सकिन्छ ।

सडक खण्डको गाउँपालिकाले एक करोड १६ लाखमा एक किलोमिटर कालोपत्रे गरेको छ भने प्रदेश

सरकारले करिब तीन करोडमा एक किलोमिटर ढलान र एक किलोमिटर ग्राबेल गरेको छ ।

यस्तै पालिकाले एक किलोमिटर ग्राबेल गर्ने तयारी गरेको इन्जिनियर तारानाथ पौडेलले बताउनुभयो ।

यसै आर्थिक बर्षमा ग्राबेल भएको सडक कालोपत्रे र गलेम जाने भिरखण्ड सडक ग्राबेल हुने पौडेलले बताउनुभयो ।

भिरखण्ड फोरेर गलेममा मोटर बाटो पुग्छ भन्ने कहिल्यै नसोचेको बताउदै ७४ बर्षिय ढुण्डीराज

पाौडेललेदुई डोजर पुरिएर पनि जिल्लाको विकट गलेममा मोटर पुगेको बताउनुभयो ।

यात्रा तथा समान किनेर आउदाँ सर्केटारीबाट पाचँ घण्टा लाग्ने बाटो एक घण्टा आउन सकिने भएको पौडेलले बताउनुभयो ।

गाउँपालिकाले  आफ्नो  पाँचबर्षिय कार्ययोजनामा भिर  छिचोल्दै  गाउँमा नै  सडक पु¥याएको र कालोपत्रे पक्रिया अगाडी बढाएसगै विकासको  अनुभुति गरेको बताउनुभयो ।

nuwakot express बाट साभार गरिएको ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button