गण्डकीसमाचार

लमजुङमा एक हजार बढीले सुरक्षित प्रसूति सेवा लिए

गण्डकी खबर । लमजुङ जिल्लाका एक हजार बढीले सुरक्षित प्रसूति सेवा लिएका छन् ।

बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पतालमा आर्थिक वर्ष २०७७/७८ को एक वर्ष अवधिमा एक हजार १७१ ले सुरक्षित प्रसूति सेवा लिएका हुन् ।

सुरक्षित प्रसूति सेवा लिनेमध्ये सामान्य प्रसूति सेवा ८८८, शल्यक्रिया १९३ तथा ९० ले जटिल किसिमको प्रसूति सेवा लिएको जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो ।

अस्पतालमा नियमित सेवा, महिला रोगसम्बन्धी चिकित्सक उपलब्ध, अस्पतालमा सुरक्षित सुत्केरी केन्द्र

(बर्थिङ सेन्टर) र महिलामा अस्पताल गएर सुरक्षित प्रसूति सेवा लिनुपर्छ भन्ने चेतनाको वृद्धिले

अस्पतालमा सुरक्षित प्रसूति सेवा लिने सङ्ख्या वृद्धि भएको उहाँको भनाइ छ ।

त्यस्तै जिल्ला अस्पतालमा आव २०७६/७७ मा एक हजार १२३ ले प्रसूति सेवा लिएका थिए । यीमध्ये ८६६

सामान्य, १६८ शल्यक्रिया र ८९ ले जटिल किसिमको प्रसूति सेवा लिएको जिल्ला अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार आव २०७५÷७६ मा अस्पतालबाट प्रसूति सेवा लिनेको सङ्ख्या एक हजार ११ रहेको थियो ।

सोमध्ये ८२९ सामान्य, १२४ शल्यक्रिया र ५८ ले जटिल किसिमको प्रसूति सेवा लिएको अस्पतालले जनाएको छ ।

त्यस्तै आव २०७४÷७५ मा एक हजार ३२२ ले प्रसूति सेवा लिएका थिए । यीमध्ये एक हजार ५२ सामान्य,

१६९ शल्यक्रिया र १०१ ले जटिल प्रसूति सेवा लिएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । जिल्ला

अस्पतालमा आव २०७४÷७५ देखि २०७७÷७८ सम्म चार हजार ६२७ ले सो सेवा लिएका छन् । यीमध्ये

सामान्य प्रसूति सेवा तीन हजार ६३५, शल्यक्रिया गर्नुपर्ने ६५४ र जटिल किसिमको प्रसूति सेवा ३३८ जनाले लिएको अस्पतालका प्रमुख श्रेष्ठको भनाइ छ ।

विंस २०५८ देखि अस्पतालले सुरक्षित प्रसूति सेवा प्रवाह गर्दै आएको छ । यस जिल्ला अस्पतालको प्रसूतिगृहमा १५ शय्या रहेका छन् ।

अस्पतालमा ग्रामीण भेगका महिलासमेत सुरक्षित प्रसूति सेवाका लागि आउन थालेको अस्पतालले जनाएको छ ।

जिल्लाका अधिकांश ग्रामीण भेगका महिलामा समेत सुरक्षित प्रसूति सेवाका लागि अस्पताल जानुपर्छ

भन्ने भावनाका साथ जिल्लाको अतिविकट गाउँका महिला पनि आउने गरेका छन् । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button