गण्डकीसमाचार

गण्डकी प्रदेशमा कोरोनाबाट उपचाररत थप ४ को मृत्यु

गण्डकी खबर । कोरोना संक्रमित भई पोखरा र बाग्लुङका विभिन्न अस्पतालमा उपचाररत थप चार जनाको उपचारकै क्रममा मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भई पोखराको मिलिटरी अस्पताल, मणिपाल शिक्षण अस्पताल र धाैलागिरी

अस्पताल बाग्लुङमा उपचाररत दुई पुरुष र दुई महिलाको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालायले आइतबार जानकारी दिएको छ ।

निर्देशनालायका अनुसार असार ११ गते कोरोना संक्रमण पुष्टि भई बाग्लुङकाे धाैलागिरी अस्पतालमा उपचाररत  बाग्लुङकाे जैमिनी गाउँपालिका ९ का ५२ वर्षीय पुरुषको शनिबार उपचारकै क्रममा मृत्यु भएको हो ।

त्यस्तै साउन ७ गते कोरोना संक्रमण पुष्टि भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत गाेखराकाे

पालुङटार नगरपालिका ३ का ७० वर्षीय पुरुषको शनिबार निधन भएको हो ।

साउन १ गते कोरोना संक्रमण पुष्टि भई मणिपालमा उपचाररत कास्कीकाे पाेखरा महानगरपालिका ११

की ६३ वर्षीया महिलाकाे  आइतबार मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

साउन १ गते  नै कोरोना संक्रमण पुष्टि भई मिलिटरी अस्पताल पोखरामा उपचाररत पाेखरा ३० की ५०

वर्षीय महिलाको शनिबार उपचारको क्रममा मृत्यु भएको हो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ५४ पुगेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button