गण्डकी खबर । बाग्लुङका विभिन्न ठाँउमा लुकाइ राखेका २२ नाल भरुवा बन्दुक प्रहरीले फेला पारेको छ ।
आइतबार दिउसो साढे ११ बजेको समयमा प्रहरी चौकी बुङगादोभान बागलुङबाट खटिएको प्रहरीको
गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जनाएकाे छ ।
बागलुङको तमानखोला गाउँपालिका ४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओढारमा १ नाले भरुवा
बन्दुक १२ नाल र वडा नं ३ मार्के खोलाको ओढारमा १ नाले १० नाल बन्दुकहरु फेला परेको गण्डकी
प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनु भएको छ ।
ओढारमा भरुवा बन्दुक लुकाइ छिपाइ राख्नेहरुका बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।