गण्डकीसमाचार

पोखरा महानगरपालिकाले किसानलाई भैँसी खरीदमा रु १७ लाख अनुदान

गण्डकी खबर । पोखरा महानगरपालिकाले किसानलाई भैँसी खरीद गर्न अनुदान दिएको छ ।

दूधमा महानगरलाई आत्मनिर्भर बनाउँदै किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यसहित महानगरको

भैँसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत आइतबार १० भन्दा बढी भैँसी पाल्ने ५० किसानलाई अनुदान रकम हस्तान्तरण गरिएको हो ।

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले किसानलाई अनुदान रकम हस्तान्तरण गर्नुभएको थियो ।

किसानसँगको ५० प्रतिशत लागत साझेदारीमा जनही रु ३४ हजार १२० का दरले ५० किसानलाई रु १७

लाख छ हजार वितरण गरिएको महानगर पशु महाशाखा प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।

महानगरको किसान वर्गीकरणमा समावेश भएर हालसम्म अनुदान नपाएका र व्यावसायिक उन्मुख किसानलाई सो अनुदान रकम प्रदान गरिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,“महानगरलाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने योजना अनुसार भैँसी खरीदमा

अनुदान उपलब्ध गराइएको हो । यसबाट किसानलाई व्यावसायिक बन्न उत्प्रेरित गर्ने विश्वास लिएका छौँ ।”

अरुणोदय दुग्ध उत्पादक तथा नश्ल सुधार सहकारी संस्थाको समन्वयमा किसानले भैँसी खरीद गरेको

बिलका आधारमा अनुदान उपलब्ध गराइएको महानगरले जनाएको छ ।

महानगरले पशुपालक किसानलाई सात वर्गमा वर्गिकरण गरेर परिचयपत्र वितरण गरिसकेको छ ।

प्रदेश सरकारले १५० भन्दा बढी गाईभैँसी पाल्ने र रु एक करोड भन्दा बढी लगानी गरेका किसानलाई

विशिष्ट किसान, ६१ देखि १५० वटासम्म गाईभैँसी पाल्ने र रु एक करोडसम्म लगानी गर्ने किसानलाई उद्यमी किसानमा वर्गिकृत गरिएको छ ।

यसैगरी ३० देखि ६० वटासम्म गाईभैँसी पाल्ने र रु ५० लाख भन्दा बढी लगानी गर्ने किसानलाई

व्यावसायिक किसान, १० देखि ३० वटासम्म गाईभैँसी र रु ५० लाखसम्म लगानी गर्ने किसानलाई

व्यवसाय उन्मुख किसान, पाँचदेखि नौ वटासम्म गाईभैँसी र रु १० लाखसम्म लगानी गर्ने किसानलाई साना व्यवसायी किसान भनेर वर्गिकरण गरेको छ ।

कार्यक्रममा अर्थमन्त्री बरालले अनुदान वितरण कार्यक्रमप्रति आम किसानको सधै गुनासो रहँदै आएको

भन्दै वास्तविक किसानले अनुदान पाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले उत्पादनमा आधारित अनुदान कार्यक्रम प्रभावकारी र पारदर्शी हुनेसमेत उल्लेख गर्नुभयो ।

महानगरका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले दूध, तरकारी, माछा र मासुमा पोखरालाई आत्मनिर्भर

बनाउन निर्वाहमुखी नभइ व्यावसायिक कृषि गर्न आवश्यक बताउनुभयो ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button