गण्डकी खबर । पोखराको सेती नदी किनारमा सोमबार बिहान साढे ८ बजेको समयमा नाम थर नखुलेको एक महिलाको शव फेला परेको छ ।
आज बिहान पोखरा महानगरपालिका १५ अमिनतारास्थित सेती नदीको किनारमा ढुङ्गाको खोचमा
अन्दाजी २५/३० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएकाे छ ।
विशेषज्ञ सहितको प्रहरीको उद्दार टोलीले नदीको खोँचबाट ती महिलाकाे शव निकाली थप अनुसन्धान
गरिरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनु भएको छ ।