गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ७१० जनामा संक्रमण पुष्टि

गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा १४७ जना पुरुष तथा १५७ जना महिला गरी ३०४ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ३६५ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप

७१० जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ३०४ सहित म्याग्दीका ६ जना, पर्वतका ४३ जना, गाेरखाका १९ जना, लमजुङका २७ जना,

तनहुँका ७९ जना, बाग्लुङका ३५ जना, स्याङ्जाका ६० जना र नवलपुरका १३७ जना गरी प्रदेशका ९

जिल्लामा ३४७ पुरुष तथा ३६३ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६५ हजार १०५ पुगेको छ। पछिल्लो २४

घण्टामा ३७४ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६० हजार ६३४ पुगेको छ ।

गण्डकीमा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ६२ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button