गण्डकीसमाचार

पोखरामा पार्किङ्ग गरि राखेको बोलेरो पिकअप हरायो

गण्डकी खबर । पोखरामा रातिको समयमा पार्किङ्ग गरेर राखेको एक बोलेरो पिकअप गाडी हराएको छ ।

पोखरा महानगरपालिका १२ स्थित वडा कार्यालय नजिकैबाट पार्किङ्ग गरेर राखेको ग २ च १६६५

नम्बरको महेन्द्रको बोलेरो गाडी हराएको गाडी धनी बिकास ओझाले जानकारी दिनुभयो ।

साउन ९ गते शुक्रबार राति ८:१५ बजेको समयमा सडकको छेउ तर्फ पार्किङ्ग गरेर राखेको स्थानमा

बिहान हेर्दा गाडी नभेटिएपछि प्रहरी कार्यालयदेखि साथी सर्कल सबै ठाउँमा खबर गरेको भएतापनि

हालसम्म गाडी फेला नपरेको ओझाले पोखरा न्यूजलाई बताउनुभयो ।

‘म आफैंले चलाएर ल्याएको गाडी सधैजसो पार्किङ् गरेर राख्ने सडकको छेउ तर्फ पार्किङ्ग गरेर घर सुत्न

गएको थिए’, ओझाले भन्नुभयो पार्किङ् गरेर राखेको ठाउँबाटै हरायो ।’

आफुले ऋण काढेर निकै दुख गरेर दुवानिको प्रयोजनको लागि खरिद गरेको गाडी हराएको भन्दै

ओझाले कलर फर्निचर ल्याण्ड लेखेको उक्त गाडी कहिँ कतै भेटिएमा ९८१५९७८७८७, ९८१५१३१४६१

वा ९८५६०३८७८७ मा खबर गरिदिन र शेयर गरेर खोजि कार्यमा सहयोग गरिदिन आग्रह गर्नुभयो ।    श्रोत: pokhara news

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button