गण्डकीसमाचार

कास्कीको अन्नपूर्ण गाउँपालिकाले तयार गर्यो आफनै स्थानीय पाठ्यक्रम

गण्डकी खबर । कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाएको छ ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तयार पारेको पाठ्यक्रमअनुसारको पुस्तक छपाइ गरेर नयाँ शैक्षिक सत्रदेखि पठनपाठन गराउन लागिएको हो ।

नेपालको संविधानले स्थानीय पालिकालाई प्राथमिक तहको पाठ्यक्रम बनाएर आवश्यकतानुसार लागू गर्ने अधिकार दिएको छ ।

उक्त अधिकार भए पनि लामो समयसम्म अभ्यास भएको थिएन ।

गाउँ शिक्षा ऐनअनुसार पाठ्यक्रमको मस्यौदा कार्यपालिका बैठकबाट पारित गरी पुस्तक छपाएर लागु

गर्न लागिएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो ।

“मौलिक विषयवस्तुमा आधारित कक्षा १ देखि ५ सम्मको पाठ्यक्रम तयार भएको छ”, उहाँले भन्नुभयो,

“स्थानीय पाठ्यक्रमअनुसार कक्षा १ को पुस्तक बनाई छापेर विद्यालयहरुलाई वितरण गर्दैछौँ ।” एक सय पूर्णाङ्कको पुस्तकमा १४ वटा एकाइ छन् ।

पुस्तकमा गाउँपालिकाको परिचय, सामाजिक संस्कार, संस्कृति, धार्मिक स्थलहरु, विकासका पूर्वाधार र

हरित विद्यालय, प्राकृतिक स्रोत र सम्पदा, प्राकृतिक प्रकोप, पर्यटन, परम्परागत प्रविधि, पेशा,

उद्यमशीलता र सुखी जीवन, ट्राफिक र सडक रेखासम्बन्धी शिक्षालाई समावेश गरिएको छ ।

यसैगरी नैतिकतासहितको जीवनोपयोगी शिक्षा, स्थानीय खेलकुद, स्थानीय आदर्श व्यक्तिहरु र

समसामयिक विषयवस्तुलाई समेटिएको पुस्तकको पाठ्यभार घण्टा १६० घण्टा छ । पुस्तकमा सत्तरी

प्रतिशत चित्र र ३० प्रतिशत शब्द राखिएको छ । ट्राफिक नियमलाई पनि पुस्तकमा राखिएको छ ।

‘हाम्रो गाउँपालिका’ नाम राखिएको कक्षा १ को एक हजार प्रति पुस्तक छपाइ भएको छ । पालिकाभरका

३६ वटा सामुदायिक विद्यालयका कक्षा १ मा २५० जनाको हाराहारीमा विद्यार्थी छन् ।

गाउँपालिकाले गत आर्थिक वर्षमा पाठ्यक्रम निर्माणका लागि रु तीन लाख र पुस्तक छपाइ गर्न रु चार लाख ९८ हजार बजेट विनियोजन गरेको थियो ।

गाउँपालिकाका शिक्षा शाखाका स्रोत व्यक्ति भरत पुनले पाठ्यक्रम निर्माणका लागि विनियोजन भएको सबै बजेट खर्च नभएको बताउनुभयो ।

उहाँले आगामी वर्षका लागि पनि आवश्यक पर्ने कक्षा १ को पुस्तक यसै वर्ष छपाइ गरेको बताउनुभयो ।

आगामी वर्ष कक्षा २ र ३ को पनि पुस्तक तयार पारेर लागु गर्ने गाउँपालिकाले जनाएको छ । शिक्षा

शाखाका कर्मचारी र सामुदायिक विद्यालयका शिक्षक तथा सरोकारवालाहरुको सहभागितामा पाठ्यक्रम र पुस्तक निर्माण भएको हो ।

शिक्षा अधिकृत कटुवालको संयोजकत्वमा विषय समिति र स्रोत व्यक्ति पुनको संयोजकत्वमा पाठ्यक्रम निर्माण तथा मस्यौदा समिति गठन भएको थियो ।

गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओम फगामीले संविधानले दिएको

अधिकार प्रयोगसँगै बालबालिकाले आफ्नो पालिकाको बारेमा जान्ने र बुझ्ने अवसर पाउने बताउनुभयो ।

“स्थानीय पाठ्यक्रम लागु भएपछि पालिकको मौलिकपन पनि बढ्ने छ”, उहाँले भन्नुभयो, “धार्मिक क्षेत्र,

ऐतिहासिक पक्ष, जनजीवन, भाषा र संस्कृति, भूगोल तथा कृषि क्षेत्रका बारेमा बालबालिकाले जान्ने र बुझ्ने अवसर पाउनेछन् ।”

यसअघि बेनी नगरपालिकाले गत वर्ष जिल्लामै पहिलो पटक स्थानीय पाठ्यक्रम र पुस्तक तयार पारेर लागु गरेको थियो । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button