गण्डकीसमाचार

स्याङ्जाकाे फेदीखोला गाउँपालिकाले खानेपानी विद्युत् महसुलमा अनुदान

गण्डकी खबर । स्याङ्जाकाे फेदीखोला गाउँपालिकाले पालिकाभित्र रहेका लिफ्टिङ खानेपानी उपभोक्ताका लागि अनुदान वितरण गरेको छ ।

खानेपानीको विद्युत् महसुल तिर्दै आएका उपभोक्ताका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराएको हो ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले लिफ्टिङ प्रविधिबाट खानेपानीको उपभोग गर्दै आएका

उपभोक्ताको सहयोगका लागि गाउँपालिकाले वर्षभरिको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामी गाउँपालिकाबाट उपभोक्ताहरुलाई सहयोग पुगोस् भनेर उपभोक्ता समितिलाई विद्युत् महसुलमा अनुदान दिएका छौँ ।”

प्रविधिको प्रयोग गरेर खानेपानीको उपभोग गर्दा बढी खर्चिलो हुने जनाइएको छ ।

उपभोक्ताले बढी शुल्क तिर्नुपर्ने भएकाले थोरै भए पनि सहयोग पुगोस् भनेर गाउँपालिकाले उपभोक्ता

समिति मार्फत अनुदान दिने निर्णय गरेको अध्यक्ष सुवेदीले बताउनुभयो । सातवटा उपभोक्ता समितिलाई रु तीन लाख उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button