गण्डकीसमाचार

पोखरामा घरको कोठामा एक व्यक्ति मृत फेला

गण्डकी खबर । पोखरा महानगरपालिका १० रंगशाला नजिक भाडामा लिएको घरको कोठामा एक जना व्यक्ति मृत फेला परेका छन् ।

भारत घर भइ सो ठाँउमा एकतले ब्लकले बनेको घरमा व्याट्री तथा वाइरिङ वर्कसप सञ्चालन गरी बस्ने

६५ वर्षीय असागर वासे कोठामा बिहीबार बिहान साढे आठ बजेको समयमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

वासे आफ्नै वर्कसपको कोठामा मृत अवस्थामा फेला परेका थिए ।

घटना बारे थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button