राशिफल

संक्रमण तिब्र बन्दै, देशभर ३६११ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी खबर । देशभर पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ६६१ जनाकोआरटी-पीसीआर र एन्टिजेन परीक्षण गर्दा

३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको  हो ।

 

मन्त्रालयका अनुसार ९ हजार ७८३ जनाको आरटी-पीसीआर विधिबाट परीक्षण गर्दा

२ हजार ४६७ जना र ४ हजार ८७८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ५३ हजार ६३३ पुगेको छ ।

 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१६ जना निको भएर घर फर्किएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ५२ हजार २६१ पुगेको छ ।

 

भने पछिल्लो २४ घण्टामा थप २७ संक्रमितको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८३४ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button