गण्डकी खबर । कोरोना संक्रमित भई पोखरा र चितवनका विभिन्न अस्पतालमा उपचाररत सातजनाको उपचारकै क्रममा मृत्यु भएको छ ।
पाेखरामा हाेमआइसाेलेसनमा एक जनाकाे मृत्यु भएकाे छ ।
गण्डकी प्रदेशका थप आठ जना संक्रमितकाे मृत्यु भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले शनिबार पुष्टि गरेकाे छ ।
कोरोना संक्रमण पुष्टि भई पोखराको मेडिप्लस अस्पताल, पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,
गण्डकी मेडिकल कलेज र भरतपुर अस्पताल चितवनमा उपचाररत तीन पुरुष र चार महिलाको मृत्यु भएको निर्देशनालयले जानकारी दिएको छ ।
त्यसैगरी पाेखरामा हाेमआइसाेलेसनमा एकजना महिलाकाे मृत्यु हाे ।
निर्देशनालयका अनुसार मृत्यु हुनेहरुमा कास्की जिल्लाका ४ जना, बाग्लुङ जिल्लाका १ जना, पर्वत जिल्लाका १ जना,
स्याङ्जा जिल्लाका १ जना र नवलपुर जिल्लाका २ जना रहेकाे निर्देशनालयले आज पुष्टि गरेकाे छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ९६ पुगेको छ ।
विवरण यस्ताे छः