गण्डकीसमाचार

प्रेस चौतारी कास्कीले पत्रकार महासंघको भवनमा तालाबन्दी

गण्डकी खबर । पत्रकार रञ्जन अधिकारीलाई समाचार लेखेको भनेर धम्की दिएकाे र पाेखरा न्यूज डट

कममा सम्पादक गणेश बरालले लेखेको समाचारलाई गैह्रपत्रकार लगाएर खण्डन गराउने हर्कत भएका

बारे नेपाल पत्रकार महासंघ कास्की शाखाले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै प्रेस चौतारी

कास्कीले महासंघको भवनमा तालाबन्दी गरेको छ ।

गण्डकन्यूजमा लेखेको समाचारको विषयलाई लिएर नवलपरासी घर भई पोखरा ११ बस्दै आएका

श्रीकृष्ण श्रेष्ठले अधिकारीलाई तीन दिनसम्म फोन मार्फत् तनाव दिने, फेसबुक म्यासेन्जर र

एसएमएसमार्फत् धम्की दिने, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पावर चलाउँछु भन्दै धाकधम्की

लगाउने कार्य भएकोमा प्रेस चौतारी कास्की शाखाको गम्भीर ध्यानाकर्षण भएको र यसमा पत्रकारहरुको

संगठनले केही नबोलेको भन्दै तालाबन्दी गरिएको प्रेस चौतारीले जनाएको छ ।

सोहि पक्षबाट पाेखरा न्यूज डट कममा सम्पादक गणेश बरालले लेखेको समाचारलाई समेत गैह्रपत्रकार

लगाएर खण्डन गराउने हर्कत भएकोमा पनि प्रेस चौतारी कास्कीले आपत्ति जनाएको छ ।

पत्रकारहरुको छाता संगठन नै पत्रकारको अभिभावकत्व लिन असफल भएको भन्दै चौतारीले शनिबार तालाबन्दी गरेको हो ।

धम्की दिने व्यक्ति श्रीकृष्ण श्रेष्ठ र प्रयोग भएका गैह्रपत्रकार सफल सुवेदीलाई कारबाहीको

दायरामा नल्याउदासम्म तालाबन्दी नखोलिने प्रेस चौतारीले जनाएको छ ।

जबसम्म पत्रकारको न्याय, हकहितका लागि महासंघले काम गरेको अनुभूति हुँदैन

तबसम्म ताला नखोलिने प्रेस चौतारी कास्कीका संयोजक अर्जुन गिरीले बताउनु भएकाे छ ।

पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीले महासंघले पत्रकारको अभिभावकत्व

ग्रहण गर्दै आएको र अहिले पनि गरिरहेको बताउनु भएकाे छ ।

अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष कमल सुवेदीले दोषी जो कोहीलाई

पनि कानुनको दायरामा ल्याएर कारबाही गर्नुुपर्ने माग राख्नु भएकाे छ ।

पत्रकार महासंघ पत्रकारहरुको संस्था भएकाले पत्रकारकै लागि काम गर्नुपर्ने

फोनिज गण्डकीका अध्यक्ष एमबी आस्थाकाे भनाइ छ । श्रोत: pokhara news

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button