गण्डकीसमाचार

गण्डकी प्रदेशमा बिना ईन्टरनेट अनलाइन कक्षा संचालन गर्न मिल्ने एप ल्याउदैछौं : मन्त्री श्रेष्ठ

गण्डकी खबर । कोभिडका कारण प्रबिधि मैत्री बन्दै गएको नेपाल शिक्षा प्रणालीलाई थप ब्यवस्थित गर्न लागिएको गण्डकी

प्रदेश सरकारका शिक्षा,सस्कृती,विज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बताउनु भएको छ ।

मन्त्री श्रेष्ठले अनलाइनबाट हुने पढाइको लागि बिना ईन्टरनेट चल्ने एप्लिकेसन ल्याउन लागिएको बताउनु भएको हो ।
नेपाली काङ्ग्रेस स्याङ्जा काठमाडौ सम्पर्क समितिले शुक्रवार काठमाडौमा गरेको नवनियुक्त मन्त्री श्रेष्ठलाई

बधाई तथा संमान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले देश बिकास पहिलो खुड्किला शिक्षा भएको भन्दै

शिक्षालाई थप गुणस्तरीय र प्रबिधि मैत्री बनाउन आफू लागि पर्ने बताउनुभयो । कोभिडका कारण नेपालको

शिक्षा प्रणाली शहर तिर अनलाइन बन्दै गएको र गाउँमा ईन्टरनेटको अभाव हुँदा अनलाइनमा कक्षा संचालनमा

कठिनाइ भएको भन्दै घरमै बसेर अब बिना ईन्टरनेट अनलाइन कक्षा संचालन गर्न सकिने एप्लिकेसनको

बिकास गर्न लागेको मन्त्री श्रेष्ठको तर्क थियो ।

 

बिदेशमा यस्तो प्रबिधि प्रयोग आइसकेको भएपनि नेपालमा

भित्री नसकेको भन्दै आफू मन्त्री भए लगत्तै बिदेशी बिज्ञा बोलाएर यश बिसयमा अध्यन गरेको जानकारी दिनुभयो ।

यो एप्लिकेसन भएपछि मोबाइल मोबाइल र सिम भएपछि अनलाइन कक्षा पढ्न पढाउन ईन्टरनेटको आवश्यकता नपर्ने उहाँको तर्क थियो ।
सस्थाका सदस्य मिनप्रसाद पौडेलको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा नेपाल

विद्यार्थी संघका महामन्त्री युवराज पाण्डे, पुर्व न्यायाधीश बाबुराम रेग्मी,

महासमिति सदस्य माया राना लगायतले बोल्नु भएको थियो ।

सस्थाका अध्यक्ष देबिलाल अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुर्व मन्त्री तथा सस्थाका सस्थापक

अध्यक्ष इन्द्र बहादुर गुरुङ प्रमुख अतिथि रहनु भएको थियो । श्रोत: aadhikhola khabar

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button