गण्डकी खबर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोभिड महामारी विरुद्धको
लडाइमा सफलता हासिल गरेको दावी गर्नु भएको छ ।
प्रदेशको मनाङ जिल्लामा १८ वर्षमाथि उमेरका सबैले कोभिड विरुद्धको खोप प्राप्त गरेको भन्दै मुख्यमन्त्री
पोखरेलले सरकार नागरिकको स्वास्थ्य प्रति जिम्मेवार रहेको बताउनु भएको हो ।
प्रदेशको अर्काे जिल्ला मुस्ताङ पनि आजै पूर्ण खोप घोषणा हुने उहाँको भनाइ छ ।
‘गण्डकी प्रदेश सरकार नागरिकको स्वास्थ्यप्रति जिम्मेवार छ ।
कोभिड महामारीको विरुद्धको लडाइँमा हामीले सफलता हासिल गरेका छौं।
मनाङ जिल्लामा १८ वर्षमाथिको उमेरका सबैले कोभिड विरुद्धको खोप प्राप्त गर्नुभएको छ ।’
मुख्यमन्त्री पाेखरेल भन्नुहुन्छ, ‘आजै मुस्ताङ जिल्ला पूर्ण खोप घोषणा हुनेछ ।
प्रदेशवासीलाई छिटोभन्दा छिटो खोप उपलब्ध गराउन सरकार प्रतिबद्ध छ ।’
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराका अनुसार मुस्ताङमा
साेमबारसम्म काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या १५ पुगेकाे छ ।
मुस्ताङमा २६२ जना संक्रमित भएकामा त्यति ठूलाे संख्यामा सर्वसाधरणकाे मृत्यु भएकाे हाे ।
२४४ जना निकाे भइसकेका छन् भने ३ जना अझै निकाे भएका छैनन् ।
मनाङमा २ जनाकाे मृत्यु काेराेनाका कारण भइसकेकाे छ भने अझै १० जना निकाे हुन सकेका छैनन् ।
जिल्लामा १३६ जनामा संक्रमण पुष्टि भएकामा १२४ जना निकाे भइसकेका छन् ।
प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६८ हजार ६४२ पुगेको छ।
संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ९० पुगेको छ ।
संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार १०३ पुगेको छ।