गण्डकी खबर । कोरोना संक्रमित भई पोखराकाे चरक मेमाेरियल अस्पतालमा उपचाररत एक जना महिला र नवलपुरमा
अस्पतालबाट उपचार पछि घर लैजाने क्रममा एक जना महिलाकाे मृत्यु भएको छ ।
साउन १७ गते कोरोना संक्रमण पुष्टि भई पाेखराकाे चरक मेमाेरियल अस्पतालमा उपचाररत
पाेखरा ८ की ८४ वर्षीया महिलाकाे मंगलबार मृत्यु भएकाे हाे ।
नवलपुरमा अस्पतालबाट उपचार पछि घर लैजाने क्रममा कावासाेती ८ की ७२ वर्षीया महिलाकाे साेमबार मृत्यु भएको छ ।
उहाँलाई आइतबार काेराेना संक्रमण पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएकाे छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १०५ पुगेको छ ।
विवरण यस्ताे छः
भने पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्कीमा ८४ जना पुरुष तथा ७१ जना महिला गरी १५५ जनामा कोरोना भाइरस
पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १३५ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी
प्रदेशमा थप ५०८ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।
कास्कीका १५५ सहित म्याग्दीका १७ जना, पर्वतका १ जना, गाेरखाका ८४ जना, लमजुङका ११ जना,
तनहुँका ६१ जना, बाग्लुङका ५८ जना, स्याङ्जाका ७७ जना र नवलपुरका ४४ जना गरी प्रदेशका ९
जिल्लामा २६४ पुरुष तथा २४४ जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६९ हजार १५१ पुगेको छ।
पछिल्लो २४ घण्टामा ६१० जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ७०० पुगेको छ ।
गण्डकीमा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार १०५ पुगेको छ।