गण्डकी खबर । स्याङ्जामा पिसाब फेर्न जाने क्रममा आफ्नै घरमा लडेर बुधबार एक जना युवकको मृत्यु भएको छ ।
बुधबार दिउसो ३ बजेको समयमा स्याङ्जाको चापाकोट नगरपालिका ८ क्याक्मी बस्ने ४० वर्षीय रामचन्द्र अवस्ती आफ्नै घरको १
तला माथिबाट पिसाब फेर्न जाने क्रममा लडेर घाईते भई उपचारको लागि चापाकोट अस्पतालमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
घटनाको विषयमा प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिनु भएको छ ।