गण्डकीसमाचार

बागलुङमा ५ महिनामै गुम्बाको पुनःनिर्माण सकियो

गण्डकी खबर । पुनःनिर्माण थालेको बौद्व गुम्बा पाँच महिनामै सम्पन्न गरिएको छ ।

भूकम्पले क्षति पुर्याएको बागलुङ नगरपालिका–११ रायडाँडास्थित शान्ति बौद्ध बिहार गुम्बा पुनःनिर्माण प्रारम्भ गरेको पाँच

महिनामै सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालयले जनाएको छ ।

विसं २०७२ को भूकम्पले क्षति पु¥याएको उक्त बौद्ध गुम्बाको पाँच वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण गर्न शुरु गरेको थियो ।

रायडाँडाको हलहलेस्थित रहेको गुम्बाको पुनःनिर्माण प्राधिकरण र शान्ति बौद्व बिहारको साझेदारीमा पुनःनिर्माण गरिएको हो ।

विसं २०६२ मा स्थापना गरिएको उक्त गुम्बा २०७० मा विधिवत दर्ता भएर सञ्चालनमा आए पनि २०७२ को भूकम्पले क्षति पुर्याएको थियो ।

बागलुङ–११ रायडाँडाको वडा कार्यालयको निरन्तरको पहलमा गुम्बा पुनःनिर्माण गर्न प्राधिकरणले आर्थिक वर्ष २०७७/७८ मा सम्झौता गरेको थियो ।

जिल्लामा निजी आवास, सडक, एकीकृत बस्ती तथा पुल पुनःनिर्माण गर्दै आएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला

आयोजना कार्यान्वयन एकाइले यसपटक बौद्व गुम्बाको पुनःनिर्माण गरेको बागलुङका एकाइ प्रमुख रेणुका पाण्डेले जानकारी दिनुभयो ।

पाण्डेका अनुसार रु ६१ लाखको लागतमा ८०० वर्गमिटर गुम्बा निर्माण गरिएको हो । रु ६१ लाखमध्ये प्राधिकरणले रु ४० लाख

र रु २१ लाख स्थानीय गुम्बा व्यवस्थापन समिति तथा श्रमदानबाट जुटाएर निर्माण गरिएको हो ।

एक भिक्षुले नियमित पाठपूजा गर्दै आएको उक्त गुम्बा भूकम्पले क्षति पुर्याएपछि जीर्ण अवस्थामा रहेकाले पुनःनिर्माणका लागि पहल थालिएको थियो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र स्थानीय जनश्रमदानमा पुरानो गुम्बा भत्काएर भूकम्पप्रतिरोधी नयाँ गुम्बा निर्माण गरिएको

शान्ति बौद्ध बिहार राडयाडाँडाका निर्माण समितिका अध्यक्ष रणबहादुर थापाले जानकारी दिनुभयो ।

पहिला सानो ढुङ्गा माटाको गुम्बा भत्किएका कारण पुनःनिर्माण गरिएको हो । गुम्बा निर्माणका लागि अपुग रु २१ लाख र

कममध्ये केही जनश्रमदान, केही गुम्बा व्यवस्थापन समितिबाट जुटाइएको र रु १० लाख बजेट अपुग भएकामा सरसापट गरेर सम्पन्न गरिएको हो ।

कोरोना महामारी हटेपछि उक्त अपुग भएको बजेट जुटाइने बागलुङ–११ रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो ।

नयाँ निर्माण गरेको गुम्बामा पुरानो गुम्बामा रहेको बुद्धको मूर्ति प्रतिस्थापन गरिने निर्माण समितिले जनाएको छ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button