समाचार

देशभर आज ३,९३८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ को मृत्यु

गण्डकी खबर । देशभर  पछिल्लो २४ घण्टामा ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ११ हजार ८७० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण

गर्दा ३ हजार ७ जना र ६ हजार ५३८ जनाको एन्टिजेन विधिबाट परीक्षण

गर्दा ९ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ७३ हजार ८६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार १२ जना निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ६३ हजार ६६३ पुगेको छ ।

भने पछिल्लो २४ घण्टामा थप ३७ संक्रमितको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ९९४ पुगेको मन्त्रालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button