गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ९जना संक्रमितको मृत्यु,६१६ जनामा संक्रमण पुष्टि

गण्डकी खबर । गण्डकी प्रदेशका थप ९ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ ।

मृतकहरु मध्ये ६ जनाकाे पाेखरामा, २ जनाकाे चितवनमा र १ जनाकाे नवपुरमा  उपचारकाे क्रममा  अस्पतालहरुमा मृत्यु भएको हाे ।

मृत्यु हुनेहरुमा कास्की जिल्लाका २ जना, स्याङ्जा जिल्लाका १ जना,  बाग्लुङ जिल्लाका १ जना,  मुस्ताङ जिल्लाका १ जना,

गाेरखा जिल्लाका १ जना  र नवलपुर जिल्लाका ३ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले बिहीबार पुष्टि गरेकाे छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ११८ पुगेको निर्देशनालयले जनाएकाे छ ।

विवरण यस्ताे छः

पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button