गण्डकीसमाचार

तनहुँमा मोटरसाइकल र ट्याक्टर ठोक्किदा दुई जना गम्भीर घाइते

गण्डकी खबर । पोखराबाट दमौलीतर्फ जाँदै गरेको मोटरसाइकल र विपरित दिशाबाट आएको ट्याक्टर पृथ्वी राजमार्गमा

बिहीबार दिउसो एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् ।

तनहुँको म्याग्दे गाउँपालिका ४ मनहरिस्थित पृथ्वी राजमार्गमा पोखराबाट दमौली तर्फ आउदै गरेको बा ९६ प ८०८२ नंको

मोटरसाईकल र बिपरित दिशाबाट जाँदै गरेको ना ६ त १०५५ नं को ट्याक्टर एक आपसमा ठक्कर खाएको प्रहरीले जानकारी दिएको छ ।

दिउसो १२ः२५ बजेको समयमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार गोरखाको बाह्रकिलो बस्ने अन्दाजी ३८/ ४० वर्षका

दाम बहादुर थापा र अन्दाजी ६०/६५ वर्षकी तिलक कुमारी थापा गम्भीर घाइते भएका छन् ।

दुवैजनालाई उपचारको लागि पोखरा ल्याइएको र अवस्था सिरियस रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरिक्षक नरबहादुर केसीले जानकारी दिनु भएको छ ।

घटनास्थलमा प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरी वरिष्ठ उपरिक्षक केसीको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button