
गण्डकी खबर ।पाेखराकाे नयाँ बजारमा रहेकाे प्रर्दशनी केन्द्रमा आइतबार काेभिड १९ विरुद्धकाे खाेप लगाइने भएकाे छ ।
पाेखरा महानगरपालिकाले दिएकाे जानकारी अनुसार वैदेशिक राेजगारीमा जाने व्यक्तिहरुका लागि भिसाका आधारमा जेनसन वा भेराेसेल खाेप साउन २४ गते आइतबार लगाइने बताइएकाे छ ।
खाेप लगाउन आउने व्यक्तिले अनिवार्य रुपमा भिसाकाे फाेटाेकपी वा आवेदन खुल्ने प्रमाण र आधिकारिक परिचय पत्र
लिएर आउन महानगरकाे स्वास्थ्य महाशाखाले शुक्रबार सूचना जारी गरेकाे छ ।




